आज इदको बिदा

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ असार ।
मुस्लिम समुदायको ठूलो चाड इद उल फित्रको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । सरकारले बुधवार यस्तो निर्णय गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले इदको बिदा आज बिहीवार दिने निर्णय भएको बताए । यसअघि बुधवार इदको सार्वजनिक बिदा हुने हल्ला चलेको थियो । तर गृहमन्त्रालयले विज्ञप्ती नै निकालेर त्यसको खण्डन गरेको
थियो । मन्त्रालयका अनुसार आज एक दिनका लागि सार्वजनिक बिदा दिइएको हो ।