दोषीलाई कारबाही गर्न माग

सुर्खेत : सुर्खेतमा भएको गौहत्याका दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । सनातन हिन्दु राष्ट्र नेपाल घोषणा नागरिक संघर्ष समिति, सनातन धर्म सेवा समिति, विश्व हिन्दु स्वयम्सेवक संघसहित विभिन्न २२ वटा संस्थाले जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधामन्त्री कार्यालयलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

यस्तै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत मुख्यमन्त्री कार्यालयलाई पनि ज्ञापन–पत्र बुझाएको सनातन हिन्दु राष्ट्र नेपाल घोषणा नागरिक संघर्ष समिति सुर्खेतका अध्यक्ष प्रेमप्रकाश खड्काले जानकारी दिए । गौहत्या राष्ट्रिय जनावरमाथिको क्रूर यातना र नरसंहार भएको भन्दै नेपालगन्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख एवम् पदाधिकारीमाथि छानविन गर्न समेत माग गरिएको छ ।