महिला सभामा चौधरी
सुर्खेत : थारु महिला सभा सुर्खेतको अध्यक्षमा सुमित्रा चौधरी चयन भएकी छिन् । सभाको शनिवार वीरेन्द्रनगरमा सम्पन्न भेलाले सुमित्राको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
सभाको उपाध्यक्षमा चन्द्रा चौधरी र सीता चौधरी, सचिवमा रूपा चौधरी, सह–सचिवमा कृष्णा चौधरी र कोषाध्यक्षमा निर्मला चौधरी चयन भएका छन् । यस्तै सदस्यहरूमा लक्ष्मी चौधरी, राजकुमारी चौधरी, मानकुमारी चौधरी, ज्ञानु चौधरी, सविता चौधरी, मानकुमारी चौधरी र संगीता चौधरी रहेका छन् ।
थारु समुदायका महिलाहरूको अधिकारको वकालत र सशक्तीकरणका लागि सभाले काम गर्ने जनाइएको छ । महिला अधिकारका लागि महिलाहरू आफै जागरुक हुनुपर्ने थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य मानबहादुर चौधरीले बताए । अर्का केन्द्रीय सदस्य कृष्णबहादुर थारुले सबै वर्ग र समूह संगठित भएमा मात्र अधिकार प्राप्त हुने बताए । सभाका सल्लाहकार मानबहादुर पन्नाले थारु महिलाहरू संगठित भइ शिक्षा, स्वास्थ्य, रोजगारी र राजनीति एवम् सांस्कृतिक रूपान्तरणमा सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा थारु युवा सभाका केन्द्रीय उपाध्यक्ष पवनकुमार थारु, थारु अगुवाहरू जागुराम थारु, भागिराम चौधरी, दुर्गबहादुर थारु, कालिका चौधरी लगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रम सभाका जिल्ला सभापति बेचुलाल चौधरीको अध्यक्षतामा भएको हो ।
प्रकाशित मितिः २९ भाद्र २०७६, आईतवार १३:५२
साझा बिसौनी ।