अवरुद्ध राजमार्ग सञ्चालन

सुर्खेत : तीन दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग सोमवारदेखि सञ्चालनमा आएको छ । तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालिकोटमा पहिरोले राजमार्ग अवरुद्ध पारेको थियो ।

सडक डिभिजन कार्यालय जुम्ला र कालिकोटबाट आएको जेसीबीले बाटो निर्माण गरेपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि शनिवारदेखि अलपत्र परेका यात्रुले खान, बस्न र खानेपानी पाउन निकै गाह्रो भएको यात्रु रमाकान्त न्यौपानेले बताए ।

सडक सञ्चालन भएपछि यात्रु गन्तव्यस्थलतिर लागेका थिए । शुक्रवार रातीको बाढीले टाकुल्लाको विद्युतगृह, धानबालीमा समेत क्षति पु¥याएको स्थानीय लालकौरा शाहीले बताए । निर्माणाधीन टाकुल्लाको पुलमा पनि क्षति पुगेको छ भने त्यहाँस्थित घर पनि उच्च जोखिममा रहेको छ ।

प्रकाशित मितिः   २४ भाद्र २०७६, मंगलवार ११:५८