दुर्घटनाबाट जोगियो हेलिकप्टर

दैलेख : सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि दैलेखको स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ । मंगलवार बिहान सुर्खेतदेखि डोल्पा जान लागेको हेलिकप्टर खराब मौसमका कारण दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।

बिहान ७ः३० बजे बारुदथानको खुलाचौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । हेलिकप्टरमा चालक दलका तीन सदस्य मात्र थिए । हेलिकप्टर दैलेखदेखि नेपालगन्जतर्फ उडान भएको र मौसम सुधार भएपछि नेपालगन्जबाट पुनः उडान गर्ने चालक दलले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।

प्रकाशित मितिः   २४ भाद्र २०७६, मंगलवार ११:५७