पत्रकारिता तालिम

सुर्खेत, २१ असार । (साबिस)
बालबालिकाहरूका लागि आधारभूत पत्रकारिता सम्बन्धी दुई दिने तालिम मंगलवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जिल्ला विकास समिति सुर्खेतको आर्थिक सहयोगमा सामुदायिक अध्ययन तथा संस्थागत विकास केन्द्र (सिरोड) सुर्खेतले तालिमको आयोजना गरेको हो । तालिममा ३० जना बालबालिकाहरूको सहभागिता रहेको थियो । पत्रकार ललित बुढा र गोविन्द खत्रीले तालिमको सहजीकरण गरेका थिए । तालिम समापन कार्यक्रममा संस्थाका सचिव मानबहादुर बस्याल, सल्लाहकार सञ्जु सिंह लगायतले बालबालिकाहरूलाई तालिममा सिकेका कुराहरू व्यवहारमा प्रयोग गर्न सुझाव दिएका छन् ।