रासायनिक मल खपत न्यून
सुर्खेत : कर्णाली प्रदेशमा रासायनिक मलको खपत अन्य प्रदेशको तुलनामा न्यून भएको पाइएको छ । सन् २०१७÷०१८ मा नेपालमा कुल तीन लाख ६४ हजार २० मेट्रिक टन रासायनिक मल खपत भएकोमा कर्णाली प्रदेशमा त्यसको जम्मा एक प्रतिशत मात्र खपत भएको छ ।
प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशमा जम्मा तीन हजार नौ सय एक मेट्रिक टन मात्रै रासायनिक मल खपत भएको जानकारी दिइन् । रासायनिक मलको कम खपत हुनु कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने सरकारको योजनामा महŒवपूर्ण आधार भएको उनको टिप्पणी थियो ।
उनका अनुसार सुर्खेतले सबैभन्दा धेरै एक हजार आठ सय ४९ मेट्रिक टन्, सल्यानले एक हजार एक सय ७०, दैलेखले चार सय ५९, रुकुमले दुई सय १३, जाजरकोटले एक सय ७७ र कालिकोटले ३१ मेट्रिक टन मल खपत गरेको छ । हिमाली जिल्लाहरू मुगु, हुम्ला र डोल्पाले मल खपत नै गरेका छैनन भने जुम्लाले दुई मेट्रिक टन मात्रै मल खपत गरेको मन्त्री केसीले जनाइन् ।
यसैबीच मन्त्री केसीले कर्णालीलाई विषादीमुक्त र अर्गानिक प्रदेश बनाउन संघीय सरकारले १३ करोड रूपैयाँ सशर्त अनुदान दिएको जानकारी दिइन् । मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले प्रदेश सरकारसँग अर्गानिक प्रदेशका आधार तयार पार्दै उत्पादन गर्न चालू आर्थिक वर्षमा २२ करोड ३७ लाख रूपैयाँ विनियोजन गरिएको जानकारी दिए । विभागले शुक्रवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय प्राङ्गारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रममा उनले उक्त जानकारी दिएका हुन् ।
प्रकाशित मितिः २१ भाद्र २०७६, शनिबार १२:५७
साझा बिसौनी ।