विकास बजेटः सदुपयोग कि दुरूपयोग ?
आजभोलि बजेट शब्द सुन्दा पनि लाग्छ कि यो त बर्खाको मौका पारेर जसले जहाँतिर जति ‘खप्लक्क’ पारे पनि भयो टन्न हुने गरी । आजभोलि बजेट अझै भन्दा ‘असारे बजेट’ प्रति मेरो बुझाइ यस्तो छ । या त म गलत बुझाइमा छु या त नेपालको वास्तविकता यही हो । मैले बजेट शब्दलाई यसरी अथ्र्याउने गरेको छु, असारको झरीमा च्यात्तिएको कपडामा टालो हाल्दै ठाउँ–ठाउँमा सिलाइएको जस्तो देखिने गरी गरिने विकासे बजेट नभइ निकासे बजेट मात्र हो । कुनै–कुनै ठाउँमा अलिकति कनिका छरे जस्तो गरी हिले बजेट खन्याउनुको अर्थ सायद यही हो । यसैलाई खुबसँग फोटो खिच्यो अनि सरकारको प्रगति हो भन्यो वर्णन ग¥यो । त्यसपछि जिल्ला विकास समितिको प्रगति विवरणमा लेख्यो । क्या गजबको विकास भनौं या बजेटको विनाश ।
विकासका नामका कतिसम्म बेथिति हुने गरेको छ भने विकास निर्माणका आयोजनाहरूको अनुगमनमा समेत राजनीतिक दलहरूबीच भागवण्डा हुन थालेको छ । यो भन्दा ठूलो दुर्भाग्य के होला ? सुर्खेतमा पनि यस्तो प्रवृत्ति देखिएको छ । जुन दलले अनुगमन गरे पनि काम देखिएकै छ भनेर वयान गर्छन् । खर्च भएकै छ, बिल भरपाई छँदैछ, रातारात गरेर पनि काम भएकै छ । यस्तो निकासे र झिखासे बजेटको काम कारबाहीमा पनि महालेखा समेत प्रश्न गर्दैन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि केही बोल्दैन । आजभोलि यो असारमा जसरी पानी परेको छ त्यसरी नै ठाउँ–ठाउँमा विकासे होकी निकासे नामक बजेट परेकै छ ।
बाहिर सडकमा निस्कनु मात्रै पर्छ, विकासै–विकास देखिन्छ । कतै नाली खनिरहेका हुन्छन्, कतै सडक पिच भइरहेको हुन्छ । कतै सडकमा गिट्टीका थुप्रा हुन्छन् भने कतै ग्राभेल ओछ्याइरहेका हुन्छन् त कतै केही भइरहेको देख्न पाइरहेका छौं हामी विकासका भोका जनताले । उपभोक्ता समितिमा को बस्ने, कसको अध्यक्ष हुने हानथाप चलेकै देखिन्छ । कतै त आलोपालो काम गर्ने भन्नेसम्मको देखिन्छ । मिलेर लुट्ने काम यसरी पनि हुने गरेको छ ।
एउटाले गर्ने काममा अर्काले बाधा सिर्जना गरिदिन्छ । अवरोध गरिरहेको हुन्छ । बनेको संरचना नै भत्काउने समेत गरिन्छ । आखिर यो बनाउने र भत्काउने काम पनि त असारे विकास नै त होला नि ? लाग्छ जिविस सुर्खेतले बहुत विकासका काम गरेको छ । बजारका सडक हे¥यो भने त्यो खेत हो कि जस्तो लाग्छ रोपाइँ गर्न तयार पारिएको, खाल्डा हे¥यो भने लाग्छ त्यो चर्पीको सेफ्टी ट्याङ्की बन्दैछ जस्तो । दलहरूले सुर्खेतलाई प्रदेशको राजधानी बनाउने कुरा गर्दै थिए, विकासको ठूलो मूल फुटाउने कुरा गर्थे, कतै यही त होइन ? विकासको असारे मूल असारमा मूल फुट्ने अघिपछि सुकिहाल्ने वीरेन्द्रनगर भन्दा बाहिर जानै पर्दैन सडकभरी खाल्डै खाल्डा, खाल्डाबाट पानीको मूल फुटिरहेको हेर्नको लागि ?
विकासमा गुणस्तरीयता पनि अनिवार्य छ । नत्र गुणस्तरहीन काम भनेको बालुवामा पानी हाले जस्तै
हो । तर सबैभन्दा ठूलो विडम्बना जिविस सुर्खेतको लाचारीपन देखिदैं आएको छ । जे–जति विकासे काम हुन्छन् असारको १२ दिन जतिमा सकिन्छन् । हाम्रो वर्षाैंदेखिको चलिआएको यो रितीरिवाज न त कुनै सरकारले बदल्न सके नत कुनै दलले सके नत जिविसहरूले बदल्न सके । यो बदल्न नत कुनै विद्यार्थी सङ्गठनहरू वा युवा सङ्गठनहरूले दबाब दिन सके । खर्च गर्ने सरकारी निकायका कर्मचारीहरू पनि कमाउनमा पनि उत्तिकै सिपालु देखिए अनि एक वर्षमा सहरमा घर हाल्यो । खासमा यो असारे झरी रोज्नुको कारण त्यही हो जस्तो लाग्छ । यसो हुनुमा अरु कुनै ठूलो कारण छैन ।
असारको महिना हुने कनिके दाना विकासमा केही व्यक्ति र कर्मचारीलाई र दलका नेतालाई त फाइदा होला तर जनताहरूलाई भने धेरै घाटा भएको छ । पहिलो कुरा असारमा विकास ग¥यो भने हामीले त राम्रो काम गरेका थियौं तर पानीले सबै ‘बगायो’ भनेर आफ्नो खल्तीतिर बजेट सर्लक्कै हाल्यो । यस्ता असारे निकासे बजेटको दुरूपयोग हुनबाट जोगिन सरकारले विकास अनुगमन प्रणाली कडा बनाउनुपर्छ । साउनबाटै बजेट निकासा गरेर सानातिना काम मंसिर नलाग्दै अनिवार्य सक्ने नियम बनाउनु पर्छ र अलि ठूला खाले योजनामा भने वर्षैभरी काम गर्ने गरी तालिका पास गराउनै पर्छ । यदि यसो गर्न सकिएन भने बजेट जति असारमा रोपाइँ गर्दा हिलो माटो यताउता हल्लायो हिलो चिप्लो बनायो अनि चिल्लो देखायो पानी परेसी सबै बगाउँछ त्यस्तै हुनुबाहेक अरु केही हुनेवाला छैन ।
जसरी बजेट बनाइन्छ, कार्यान्वयनको योजना पनि त्यसरी नै बनाइनुपर्छ र बजेट कार्यान्वयनमा विशेष जोड दिन आवश्यक छ । यसको साथमा पारदर्शी टेण्डर प्रक्रिया, बजार मूल्यसँग तुलना गरी तथा सम्पन्न भएका परियोजनाहरूमा स्वतन्त्र विज्ञहरूको अनुगमन चाहिन्छ नकी कुनै राजनीतिक दलका अध्यक्ष तथा सभापति या कुनै कार्यकर्ता । त्यति भए मात्र देशले खोजेको विकास सम्भव हुन्छ, सुर्खेतले र सुर्खेती जनताले खोजेको विकास सम्भव हुन्छ । अन्यथा जबसम्म हामीले असार महिना कुर्नुपर्ने हो तबसम्म विकास भएको देख्नको लागि यस्ता धेरै वर्ष कुर्नुपर्नेछ ?
साझा बिसौनी संवाददाता ।