जुम्लामा अक्सिजन उत्पादन
जुम्ला : कर्णाली प्रदेशमै अक्सिजन उत्पादन सुरु भएको छ । बुधवारदेखि जुम्लामा अक्सिजन उत्पादन सुरु भएको हो । अक्सिजन प्लान्टको औपचारिक उद्घाटन भएसँगै अक्सिजन उत्पादन सुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । अक्सिजन प्लान्टको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले उद्घाटन गरेका हुन् ।
प्लान्टको उद्घाटन गर्दै मन्त्री भण्डारीले अक्सिजन उत्पादनले बिरामीहरूकोे उपचारमा सहजता ल्याउने बताए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल मेडिकल टुरिजमको नयाँ गन्तव्य हुने अपेक्षा गरे । अक्सिजन उत्पादन सुरु भएसँगै बिरामीलाई उपचारमा थप सहयोग मिल्ने अपेक्षा गरिएको छ । अक्सिजन प्रयोग गरी उपचार गर्नुपर्ने बिरामीका लागि वरदान हुने रजिष्ट्रार काफ्लेले बताए । लामो समयसम्म रोगको उपचार गराउन नेपालगञ्ज, कोहलपुर र सुर्खेतका बिरामी जुम्ला आउने गरेको प्रतिष्ठानले जनाएको छ । गर्मीका कारण उपचारमा समस्या हुने बिरामीहरू जुम्ला पुग्ने गरेका हुन् ।
साझा बिसौनी ।