कांग्रेसको क्षेत्रीय संरचना सर्वसम्मत्

सुर्खेत : नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको बुधवार बसेको बैठकले क्षेत्रीय संरचना सर्वसम्मत चयन गरेको छ । सभापति कमलराज रेग्मीको सभापतित्वमा बसेको बैठकले कांग्रेसको स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ अनुसार विगतमा ३ वटा क्षेत्र रहेको सुर्खेतलाई २ वटा कायम गरी क्षेत्रीय संरचना सर्वसम्मत् चयन गरेको हो ।

क्षेत्र नं. १ को सभापतिमा खड्क पोख्रेल र क्षेत्र नं. २ को सभापतिमा लालवीर भण्डारी सर्वसम्मत् चयन भएका छन् । क्षेत्र नं. १ को उपसभापतिमा उमालाल पाण्डे र ताराकेशर खड्का, सचिवमा केशरबहादुर वली, भुपेन्द्र सुवेदी र प्रकाश डीसी, कोषाध्यक्ष दुर्गबहादुर खत्री र ज्ञानेन्द्रबहादुर वली, सहसचिव वीरबहादुर वली र मोहन राना चयन भएका छन् ।

सदस्यहरूमा डण्ड ढकाल, पूर्णबहादुर ढकाल, रमेश चालिसे, काशीराम पंगाली, देवीराम वली, खगेन्द्र राना, डिल्ली अर्याल, इन्द्रप्रसाद पौडेल, देवबहादुर शाही, पाण्डव पुलामी, भुपेन्द्रकुमार रोकाय, कृष्णबहादुर वली, जयबहादुर घर्ती, गजेन्द्र घर्ती, भक्तबहादुर आरसी, पदमबहादुर खत्री, भीमबहादुर मल्ल, सीता केसी, फत्तराम कँडेल, रामबहादुर राना, धनकला डाँगी, चित्रकुमारी वली, प्रेमबहादुर विसी र दिनेश पुलामी चयन भएका छन् ।
आमन्त्रित सदस्यहरूमा नरहरि भट्टराई, उदे कामी, टेकबहादुर कसेरा, लिलमति विक, यामलाल पंगाली, भीमबहादुर विक, खेमराज सोनी, पारस थापा, कालीबहादुर चन्द, पुस्तक वादी, वीरमान कामी, दिलिप परियार र टेकबहादुर गुरूङ्ग पनि सर्वसम्मत् चयन भएको केन्द्रीय प्रतिनिधि एवम् प्रजातान्त्रिक कानुन व्यवसायी समूह सुर्खेतका अध्यक्ष अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जानकारी दिए । यसैगरी क्षेत्र नं. १ को
सह–सभापतिमा नारायण कोइराला, उप–सभापति कर्णबहादुर बुढा, सचिव कृपाराम थापा, गणेशकुमार पन्त, अम्मरबहादुर दानी, कोषाध्यक्ष नेत्रबहादुर शाही, सहसचिव भुवानसिंह सिंजापति सर्वसम्मत् चयन भएका छन् । सदस्यहरूमा राजबहादुर गुरुङ्ग, डिलबहादुर बिसी, विष्णुप्रसाद थानी, गजराज जोशी, यामबहादुर बिसी, भीमप्रसाद सुवेदी, रत्नबहादुर थापा, शेरबहादुर बयक, सरस्वती पन्त, भक्तिप्रसाद पौडेल, दीर्घबहादुर कठायत, मुक्तिदेवी रेग्मी पुरी, तिलकबहादुर मर्साङ्गी, रामबहादुर गौतम, हेमराज खनाल, हिरासिंह विक र खगेन्द्र गिरी छन् ।

आमन्त्रित सदस्यहरूमा गोविन्द डाँगी, प्रदीप्त पौडेल, ललित भट्टराई, ओमप्रकाश काफ्ले, यामबहादुर बिसी, जयमणि देवकोटा, शिवराज खनाल, विजय विष्ट, देवी बिसी, झुमीदेवी सापकोटा, कविराम विक, मानसिंह कुमाल, मनिराम पुरी, शंकर अधिकारी र पदराम विक छन् । बैठकले नयाँ संरचना अनुसार गठन भएको क्षेत्रीय समितिको बैठक आज बिहीवार बस्नेछ भने सो बैठकले प्रदेश अध्यक्ष तोक्ने कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जनाए ।

प्रकाशित मितिः   १९ भाद्र २०७६, बिहीबार १३:२८