एटीएम ह्याक गर्ने गिरोहमा आठ विदेशी

काठमाडौं : एटीएम ह्याक गरी पैसा लुट्ने गिरोहमा आठ जना विदेशी नागरिकको संलग्नता पुष्टि भएको छ । ह्याकहरूविरुद्ध प्रहरीले शनिवारदेखि सुरु गरेको कारबाहीमा पाँच जना चिनियाँ र एक फ्रान्सेली नागरिकलाई पक्राउ गरिसकेको छ । अनुसन्धान अधिकारीहरूका अनुसार सोमवार अपरान्हसम्मको अनुसन्धानमा घटनामा आठ जना विदेशी नागरिकको संलग्नता पुष्टि भएको छ । उनीहरूलाई सघाउने तीन नेपाली पक्राउ परेका छन् ।

प्रहरीले चिनियाँ ह्याकरविरुद्धको अप्रेसनमा उनीहरूले नेपाली रूपैयाँ साट्ने दुई मनी चेञ्जरको पहिचान गरेको हो ।

प्रकाशित मितिः   १७ भाद्र २०७६, मंगलवार ११:२६