क्यान महासंघमा आचार्य

सुर्खेत : कम्प्युटर एशोसियन नेपाल (क्यान) महासंघ सुर्खेतको अध्यक्षमा तिलक आचार्य चयन भएका छन् । क्यानको शनिवार वीरेन्द्रनगरमा सम्पन्न सातौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले आचार्यको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सदस्यहरूमा प्रवाशकुमार शाक्य, जीवनकुमारी सिंजाली, यज्ञ खत्री, दलबहादुर राना र मानबहादुर खड्का चयन भएका छन् । यस्तै विर्षराज डिसी, टिकाप्रसाद ढकाल र लोकेन्द्रबहादुर गिरी पनि सदस्यमा चयन भएका छन् । कार्यसमितिको बैठकले सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्ने जनाइएको छ । त्यसैगरी निवर्तमान अध्यक्ष प्रेमप्रकाश चन्द पनि कार्यसमितिमा रहनेछन् ।

क्यान महासंघ कम्प्युटर व्यवसायीहरूको छाता संस्था हो । व्यवसायीहरूको हित र सूचना तथा प्रविधि प्रवद्र्धन गर्ने उद्देश्यले महासंघ गठन गरिएको हो । साधारणसभाको उद्घाटन सत्र निवर्तमान अध्यक्ष प्रेमप्रकाश चन्दको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।