विष्टको गीत चार विधामा उत्कृष्ट

सुर्खेत : छैटौं छाँया छवि तीज अवार्डमा सुर्खेती कलाकार हरि विष्टको तीज गीतले यस वर्ष पनि ४ विधामा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । ‘हाम्रो भाषा हाम्रो संस्कृति, आफ्नै चाडपर्वको सम्मान, मौलिक गीत–संगीत समृद्धिको हाम्रो अभियान’ भन्ने मूल नाराका साथ छैटौं छायाँ छवि तीज म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ ।

अवार्डमा हरि विष्टको तीज गीतले लगातार ६ वर्ष ‘डबल ह्याट्रिक’ गरेको छ । ‘माईतीको देश–२’ ले यस वर्ष पनि विभिन्न चार विधामा प्रथम स्थान हासिल गरेको छ । लय तथा शब्द संकलनमा हरि विष्टसहित गायिका टिका पुन, भिडियो सम्पादनमा प्रविन भट्ट र नृत्य निर्देशक मौसम हिमालीले अवार्ड प्राप्त गरेका छन् ।

प्रकाशित मितिः   १५ भाद्र २०७६, आईतवार १२:३३