कर्मचारी क्लबमा रेग्मी

सुर्खेत : सहकारी कर्मचारी क्लब सुर्खेतको अध्यक्षमा चित्रप्रसाद रेग्मी निर्विरोध निर्वाचित भएका छन् । क्लबको शनिवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले रेग्मीको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा रत्ना राना, सचिवमा लक्षीराम बुढा, सह–सचिवमा गीता रोकाय र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन भएका छन् । यस्तै सदस्यहरूमा दिलिपकुमार सारु, सुवास श्रेष्ठ, लवमान श्रेष्ठ, अमृता आचार्य, रमेश खनाल जैसी र खड्क वंशी मगर चयन भएका छन् । अधिवेशनबाट लेखा समितिको संयोजकमा हिमलाल गौतम तथा सदस्यहरूमा लक्ष्मी खड्का र हरिप्रसाद पौडेल चयन भएका छन् । सुर्खेत जिल्लामा रहेका विभिन्न सहकारी संस्थामा कार्यरत कर्मचारीहरूले क्लबको स्थापना गरेका हुन् । अधिवेशन क्लबका निवर्तमान अध्यक्ष सागरनाथ योगीको अध्यक्षता एवम् कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।