भारइल ज्वरोका बिरामी बढे
कालिकोट : कालिकोटमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पताल कालिकोटमा पछिल्लो केही दिनयता भारइल ज्वरोका बिरामी आउनेक्रम बढेको छ ।
अस्पतालमा दैनिक २० देखि ३० जना भाइरल ज्वरोका बिरामी आउने गरेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । खाँडाचक्र नगरपालिका–२ मेग्र, भर्ता र पोरीपाल्नी–४ को ताडी लगायतका ठाउँमा भाइरल ज्वरोका बिरामी भेटिएको जिल्ला अस्पताल कार्यालयका सूचना अधिकारी दीपबहादुर रावलले बताए ।
मौसममा आएको परिवर्तनका कारणले भाइरल ज्वरोका बिरामी बढेको र विगत केही दिनदेखि अस्पतालमा बिरामी आउने क्रम बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कटकबहादुर महतले बताए । ‘विगत केही दिनदेखि भाइरल ज्वरोका बिरामी बढेका छन्’ उनले भने, ‘मौसमीमा आएको खराबीका कारणले बिरामीको संख्या बढेको हो ।’
प्रकाशित मितिः १३ भाद्र २०७६, शुक्रबार १३:०८
साझा बिसौनी ।