पहिरोले २४ घर विस्थापित

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन् । सोमवार बेलुका आएको बाढी र पहिरोका कारण २४ घर विस्थापित भएका हुन् ।

घरमाथिबाट आएको पहिरोले चार वटा घरमा पूर्णरूपले क्षति पु¥याएको छ भने अन्य २० घर जोखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले जानकारी दिए । ‘सोमवार बेलुका ५ बजे बाढी–पहिरो आउँदा मानवीय क्षति भएन’ उनले भने, ‘धनमालको ठूलो क्षति भएको छ ।’ बाढी र पहिरोका कारणले बालीगाड लघु जलविद्युत आयोजना भत्किएको र राजमार्ग अवरुद्ध भएको नगर प्रमुख शाहीले बताए ।

जोखिममा परेका घर परिवारहरूको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीको टोलीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ११ भाद्र २०७६, बुधबार १३:१३