रोजगारमुखी शिक्षामा जोड
सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले रोजगारीमुखी शिक्षा प्रदान गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । आइतवार वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको ‘गुणस्तरीय शिक्षाका लागि, गुणस्तरीय शिक्षक उत्पादनमा शिक्षा संकायको भूमिका’ विषयमा एकदिने विचार गोष्ठीमा सहभागी मन्त्री रावलले उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार भइबस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
गुणस्तरीय शिक्षा प्रदान गर्न योग्य र दक्ष जनशक्ति अपरिहार्य हुने मन्त्री रावलको भनाइ थियो । उनले दक्ष शिक्षक उत्पादन गर्न शिक्षा संकायको भूमिका महत्वपूर्ण हुने समेत बताए ।
त्यसैगरी राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेशका प्रमुख जितबहादुर शाहले कर्णाली प्रदेशका विद्यार्थीको गुणस्तर बढाउनका लागि सबै लाग्नुपर्ने बताए ।
प्रकाशित मितिः ९ भाद्र २०७६, सोमबार १३:१४
साझा बिसौनी ।