उत्तरपुस्तिका पुनःपरीक्षण हुने
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) का परीक्षार्थीले नतिजामा चित्त नबुझे उत्तरपुस्तिका नै पुनः परीक्षण गराउन पाउने भएका छन् । यसअघि उत्तरपुस्तिकामा उल्लेखित प्राप्ताङ्क मात्रै पुनः जोडेर (पुनर्योग) हेर्न पाउने व्यवस्था थियो ।
पुनर्योगका लागि आवेदन दिएर चित्त नबुझेका विद्यार्थीलाई अब उत्तरपुस्तिका हेर्न दिने र त्यसमा पनि चित्त नबुझे पुनः परीक्षण गर्न दिन लागिएको हो । ‘पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको रिजल्ट आइसकेको छ । चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न आवेदन दिन सक्छन् । त्यसमा पनि चित्त नबुझे उत्तरपुस्तिका पुनः परीक्षण गर्ने तयारी पहिलोपटक गरिएको छ,’ राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत एसईईको परीक्षा नियन्त्रक रामराज खकुरेलले भने । एसइईको नतिजामा पुनर्योग गरेका विद्यार्थीले मात्र उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने उनले बताए ।
एसईईको उत्तरपुस्तिका हेर्न अहिलेसम्म तीनजनाले आवेदन दिएको खकुरेलले बताए । पनिकाले एसईईको उत्तरपुस्तिका हेर्न प्रतिविषय सात सय रूपैयाँ कायम गरेको छ ।
प्रकाशित मितिः ९ भाद्र २०७६, सोमबार १३:१५
साझा बिसौनी ।