पौरखीको साधारणसभा

सुर्खेत : पौरखी बचत तथा ऋण सहकारी संस्था लि. सुर्खेतको नवौं वार्षिक साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतका प्रमुख छत्र धमलाले सहकारीमा सानो तिनो रकममात्र बचत गर्ने र ठूला रकम जम्मा गर्न बैंक धाउने प्रवृत्तिले सहकारीले निर्माण गरेको कैयौं ठूला परियोजनाहरू असफल हुने गरेको बताए । यस्तै कारोबार सम्पन्न पश्चात् साधारणसभाको लागि तामझाम गर्ने प्रवृत्तिलाई हटाउनु पर्ने साधारण सभामा उपस्थित अधिकांश शेयर सदस्यले व्यक्त गरेका थिए ।

सभाका कोषाध्यक्ष होलिसरा दर्लामीले कूल तीन करोड २९ लाख २४ हजार बराबरको आय–व्यय विवरण प्रस्तुत गरेकी थिइन् । सहकारीले करिब दुई करोड १६ लाख ३२ हजार रूपैयाँ बराबरको बचत संकलन गर्न सफल भएको उनले जनाइन् ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खड्गबहादुर थापा मगर, ऋण उप–समितिको तर्फबाट संयोजक गणेशबहादुर थापा मगर, लेखा समितिको तर्फबाट संयोजक लक्ष्मी दर्लामीले प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनहरू माथि छलफल गरी सर्वसम्मत् रूपमा पारित गरिएको थियो ।

प्रकाशित मितिः   ८ भाद्र २०७६, आईतवार १२:०६