अरिंगालले टोकेर मृत्यु

जाजरकोट : जाजरकोटमा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१ पाली ठूलाबगरकी ५५ वर्षीया बेलमती पुनको अरिंगालको टोकाइबाट शनिवार मृत्यु भएको हो ।

घाँस काट्न गएका बेला बिहीवार बिहान अरिंगालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले थप उपचारका लागि नेपालगन्ज लैजान सिफारिस गरे पनि परिवारका सदस्यले बेलमतीलाई केही सञ्चो भएको भन्दै शुक्रवार राती घर फर्काएका थिए । शनिवार बिहान फेरि दुखाई बढेपछि रुकुम पश्चिमको आठबिसकोट नगर अस्पाल पु¥याएको भए पनि उपचार गर्दा गर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः   ८ भाद्र २०७६, आईतवार १२:००