ज्येष्ठ नागरिकलाई सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ असार ।
सुर्खेतको रानीवास गाउँ विकास समितिले ज्येष्ठ नागरिकलाई सहयोग उपलब्ध गराएको छ । गाविसले थर्मस तथा नगद रूपैयाँ उपलब्ध गराएको हो ।
गाविसले शनिवार रानीवासमा एक कार्यक्रमको आयोजना गरी ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई थर्मससँगै नगद पाँच सय रूपैयाँसहित सम्मान गरेको हो । सम्मानित हुने ज्येष्ठ नागरिकमा पाँच पुरुषसँगै १९ जना महिला रहेको गाविस सचिव पीताम्बर पौडेलले जानकारी दिए । उनका अनुसार गाविसकै आन्तरिक स्रोतबाट ती ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।