अस्पतालबाटै बच्चा गायव !

साझा बिसौनी संवाददाता
नेपालगन्ज, १८ असार ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट बच्चा चोरी भएको छ । दाङ, तुलसीपुर नगरपालिका–९ निवासी ५ वर्षीय बालक सिर्जन ओली शनिवार दिउँसो अस्पतालभित्रबाट अचानक गायव भएका थिए । बच्चा चोरी भएको हल्ला मच्चिएपछि चारैतिर खोजी गर्दा एक घण्टापछि प्रहरीले कोहलपुरस्थित चौराहामा सिर्जनलाई फेला पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बच्चा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले बाँके, महादेवपुरी ४ निवासी अमर खड्कालाई नियन्त्रणमा लिएको छ । अभियुक्तले मदिरा सेवन गरेकाले नियन्त्रणमा लिएर हिरासतमा राखिएको इप्रका कोहलपुरका इन्चार्ज डीएसपी सुरेशप्रसाद काफ्लेले बताएका छन् । ‘कुन नियतबाट उसले बच्चा लगेको हो, त्यो कुरा अनुसन्धानबाट खुल्नेछ,’ उनले भने
‘अभियुक्तले मदिरा सेवन गरेकाले सोधपुछ गरेका छैनौं ।’ बालक सिर्जनकी आमा शिक्षण अस्पतालमा सुत्केरी छिन् ।
आरोपी खड्का आफ्ना बिरामी भाइलाई खाना पु¥याउन बिहान–बेलुका अस्पताल जाने गरेका थिए । सो क्रममा बालक सिर्जनलाई उनले चकलेट दिएर खेलाउने गरेका थिए । खड्काले अस्पतालबाट बालकलाई इलेक्ट्रिक रिक्सामा राखेर चौराहासम्म पु¥याएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १९ असार २०७३, आईतवार १०:०३