स्वास्थ्य परीक्षण

सुर्खेत, १८ असार । (साबिस)
वीरेन्द्रनगर–११ चनौटेमा रहेको हस्तवीर सामुदायिक प्राथमिक विद्यालयले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । समाज जागरण केन्द्र (स्याक) नेपालको प्राविधिक सहयोगमा हस्तवीर प्राविले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
शिविरमा वरिष्ठ फिजिसियन डाक्टर केएन पौडेल, हाड तथा नशारोग विशेषज्ञ डाक्टर रूपक कँडेल र डाक्टर अनिता दाहालले जाँच गरेका छन् । स्वास्थ्य शिविरमा तीन सय ७५ जनाले स्वास्थ्य जाँच गरेका विद्यालय व्यवस्थापन समितिका सल्लाहकार संयोजक पूर्णप्रसाद पौडेलले जानकारी दिए ।