जुट्दैछन् सहयोगी हात

सुर्खेत, पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि आवश्यक रकम संकलन अभियानमा सहयोगी हातहरू जुट्दै गएका छन् । विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग प्रदान गर्नेक्रम जारी रहेको छ ।

यसैक्रममा सिद्धपाइला क्याम्पस सुर्खेतले नगद पाँच हजार रूपैयाँ सहयोग गरेको छ । क्याम्पसका प्रमुख उपेन्द्र सुवेदीले साझा बिसौनी पब्लिकेशन अन्तर्गतको साझा बिसौनी फाउण्डेशनलाई उक्त रकम हस्तान्तरण गरेका छन् ।

त्यसैगरी कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाहीले पनि शर्माको उपचारका लागि पाँच हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरेका छन् । यस्तै प्रदेश संग्रहालय सुर्खेतका प्रमुख डबलप्रसाद शर्माले तीन हजार, स्वास्थ्य निर्देशनालयमा कार्यरत यामलाल भुषालले तीन हजार, तातापानी निवासी नरेन्द्रबहादुर थापाले एक हजार एक सय ५५ र शिक्षक कुमार ढकालले दुई हजार पाँच रूपैयाँ प्रदान गरेका छन् ।

बोनम्यारो प्रत्यारोपणका क्रममा रहेका साझा बिसौनी दैनिकका संवाददाता शर्माको उपचारमा आर्थिक अभाव भएपछि सहयोग संकलन भइरहेको छ । उनको काठमाडौंस्थित सिशिल हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः   १९ श्रावण २०७६, आईतवार १६:२६