राष्ट्रिय र अन्तर्राष्ट्रिय गन्तव्य पहिचान

कर्णालीमा पर्यटन प्रवद्र्धनको योजना

सुर्खेत, इन्स्टिच्यूट कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटकीय गन्तव्य पहिचान गरेको छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय पर्यटकीय गन्तव्य पहिचान गरेर तिनको प्रर्वद्धन र प्रचार–प्रसार गरिन भएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीमा २० वटा राष्ट्रिय र २० वटा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको पहिचान गरेको हो ।

प्रादेशिक पर्यटक प्रवद्र्धन समितिको शुक्रवार र शनिवार बसेको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका पर्यटकीय गन्तव्यको प्रचार–प्रसार तथा प्रवर्दन गर्ने निर्णय गरेको छ । प्रादेशिक पर्यटक प्रवद्र्धन समितिका संयोजक तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल गराउन प्रदेश सरकारले योजनाका साथ अघि बढेको बताए । उनले भने ‘कर्णाली प्रदेशमा पर्यटक आकर्षित गर्न हामीले पर्यटकीय गन्तव्य पहिचान गर्ने, प्रचार–प्रसार गर्ने र पर्यटकहरूलाई सहजता गराउनका लागि विभिन्न निर्णयहरू गरेका छौं ।’ उनले पर्यटकीय क्षेत्रको पूर्वाधारका लागि पनि मन्त्रालयले बजेटसहित योजना अघि सारेको बताए ।
अन्तर्राष्ट्रिय महŒव बोकेका पर्यटकीय स्थलमा हुम्लाको लिमी भ्याली र रलिङ–बारदेव भ्यू डुडल–खार्पुनाथ–सिमकोट सर्किट, मुगुको रारा ताल र छायाँनाथ, जुम्लाको चन्दननाथ–गुठीचौर–पातारासी सर्किट र सिंजा उपत्यका सभ्यता तथा कालिकोटको पचालझरना, चुलिमालिका कोट, दरबार पञ्चदरबार सर्किट, पिली र मान्म रहेका छन् ।

दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, सुर्खेतको काँक्रेबिहार र बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर, सल्यानको कुपिण्डेदह, छाँया क्षेत्र र खैराबाङ मन्दिर, पश्चिम रुकुमको सिस्ने हिमाल, स्यार्फु ताल, मुसीकोट दरबार र डिग्रे मन्दिर, जाजरकोटको भेरी नदी, कुशे, ठाकुरजी सर्किट, डोल्पाको शे–फोक्सुण्डो र शे–गुम्बा–विजेर–साल्दाङ–तिन्जे–धोतराप–छार्का सर्किट रहेका छन् ।

यस्तै राष्ट्रिय महŒव बोकेका पर्यटकीय स्थलमा सुर्खेतको बुलबुले ताल, कोटको थुम्को, पञ्चपुरी पर्यटकीय क्षेत्र, दैलेखको पञ्चकोशी दुल्लु पर्यटकिय क्षेत्र र राइली त्रिपानी मालिका बेलासपुर कोटगढी पचदेवल पर्यटन क्षेत्र, रुकुमश्चिमको साईकुमारी सिस्ने हिमाल पदमार्ग, स्यार्पु ताल र डिग्रे साइ कुमारी मन्दिर दह मुसिकोट रहेका छन् । जाजरकोटको शिवालय जुक्तिपुर मालिका पर्यटन सर्किट, नलसिंहगाढ कुशे जलजला पर्यटकिय क्षेत्र, सल्यानको खैरावाङ भुवनेश्वरी भगवती मन्दिर, जुम्लाको पातारासी हिमाल, गुठीचौर, डोल्पाको विक्रम शाही महाराजको दरबार, हुम्लाको खार्पुनाथ शिवालय, कालिकोटको पञ्चदेवल कालिका मन्दिर दह चौर पर्यटकीय क्षेत्र, मुगुको चंखेली हिमाल रिडी पर्यटकीय क्षेत्र र छाँयानाथ कोइकी हिमाल तिहार गुम्बा बगर पर्यटकीय क्षेत्र रहेका छन् ।

यसैबीच प्रादेशिक पर्यटन प्रबद्र्धन समितिको सचिवालय गठनसमेत गरिएको छ । राजु कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति रहेको छ । सदस्य सचिवमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र प्रधान, सदस्यहरूमा दिलबहादुर महत, देवराज जैशी र देवीकृष्ण रोकाया रहेका छन् । सचिवालय भने काठमाडौंमा राख्ने निर्णय भएको छ ।

कर्णाली प्रदेशका पर्यटकीय गत्वव्यहरूमा नियमित हवाई सेवा सञ्चालन गर्न नेपाल वायु सेवा निगमको एउटा जहाज सुर्खेतबाट नियमित उडान गर्ने व्यवस्थाका लागि केन्द्र सरकारसँग अनुरोध गर्ने र निजी क्षेत्रका एअरलाइन्सहरूसँग साझेदारी गर्ने विषयमा छलफल गर्ने समितिले निर्णय गरेको छ । समितिका सदस्यहरूलाई नेपाल भ्रमण वर्ष सफल बनाउन जिम्मेवारी बाँठफाँड गरिएको छ । प्रचार विभाग, होटल ट्राभल तथा ट्रेकिङ, मानव संशाधान तथा समन्वय विभाग, आर्थिक भिगाग र टुलिजम प्रोडक्क विभाग बनाएर सदस्यहरूलाई जिम्मेवारी दिइएको मन्त्री बुढाले बताए । विभागहरूलाई आआफ्नो कार्ययोजना तयार गरेर समितिको अर्को बेठकमा पेश गर्न भनिएको छ ।

साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त व्यक्तित्वहरूलाई कर्णालीको साथीको रूपमा पाँच जनालाई गुड बेल एम्बासडर चयन गर्ने पनि निर्णय गरेको छ । भ्रमण वर्षलाई सफल बनाउन प्रदेशको मौलिकता झल्किने गरी स्वलोगन र भ्रमण वर्षको लागो ब्राडिण्डडका लागि हवाई टिकट, बोर्डिङ पास, सवारी साधानको टिक र सरकारी तथा गैरसरकारी कार्यालयको बेवसाइड र लेटरप्याडमा प्रयोग गर्ने गरी प्रचार–प्रसार गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मितिः   १९ श्रावण २०७६, आईतवार १६:३०