पूर्वमन्त्री विष्टलाई हवाई जहाजभित्रै हृदयाघात

सुर्खेत- नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई हवाइजहाजमा यात्रा गरिरहेका बेला आकाशमा नै हृदयाघात भएको छ।

आइतबार दिउँसो बुद्ध एयरको यु ४ ४०४ उडानमार्फत नेपालगञ्जदेखि काठमाडौँ जाने क्रममा उनलाई हृदयाघात भएको हो।

जहाज उडिरहँदा हृदयाघात भएपछि बुद्ध एयरको सो उडान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो।

दिउँसो ३:४५ बजे मन्त्री विष्टलाई आकस्मिक अवतरण गराएपछि अन्य यात्रु लिएर जहाज काठमाडौंका लागि उडेको छ।

विष्टको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।