विद्यालयद्वारा वृक्षारोपण
सुर्खेत, देउतीबज्यै सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । काँक्रेविहार सेकेण्डरी बोर्डिङ्ग स्कुलको वार्षिक कार्ययोजना अनुसार शुक्रवार वृक्षारोपण गरिएको हो ।
खैर, सिमल, बकैना लगायत विभिन्न प्रजातिका ६ सय ५० वटा बिरुवा रोपिएको विद्यालयले जनाएको छ । विद्यालयले हरेक वर्ष वृक्षारोपण कार्यक्रम गर्दै आएको छ । विद्यालयका प्रिन्सिपल रविन्द्रकुमार क्षेत्रीको सभापतित्व तथा देउतीबज्यै सामुदायिक वन उपभोक्ता समितिका सचिव बासुदेव शर्माको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपणमा विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो । यसैगरी शुक्रवार नै सदनस्तरीय बगैंचा निर्माण प्रतियोगिता पनि सम्पन्न गरिएको विद्यालयका सह–प्रिन्सिपल पूर्णबहादुर बिसीले जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।