सुर्खेती बजारमा अल्काटेल

सुर्खेत, १७ साउन । (साबिस)
अल्काटेल मोबाइल कम्पनीले सुर्खेतमा पनि आफ्नो बजार विस्तार गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा डिलरको उद्घाटन गर्दै अल्काटेलले बजार विस्तार गरेको हो ।
सुर्खेतका लागि अन्नपूर्ण इलेक्ट्रोनिक्सले अल्काटेलको डिलर लिएको छ । अल्काटेल डिस्ट्रिब्युसन प्रमुख नितिष पण्डिताले सुर्खेतका लागि अन्नपूर्ण इलेक्टोनिक्सलाई आफ्नो आधिकारिक विक्रेता घोषणा गरो थिए ।
विश्वव्यापी नेटवर्क भएको अल्काटेलले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोनहरु र फीचर फोनहरु ल्याएको अन्नपूर्ण इलेक्टोनिक्सका भरत रावलले बताए ।