चार किसानलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कार
जुम्ला, जुम्लाका चार किसानलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन् । कृषिका क्षेत्रका योगदान पु¥याउने किसानलाई मूल्यांकनका आधारमा छनौट गरेर मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मानित गरिएको हो । पुरस्कृत हुनेमा चन्दननाथ–४ का रिता बुढ्थापा चौलागाईं, हरिशरण शर्मा, उपहार कृषि साना सिँचाइ कृषक समूह र सहकर्मी मौरीपालन सहकारी संस्था रहेका छन् । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले किसानलाई ऊर्जा मिलेको बताइन् । उनले कृषिमा यान्त्रीकरण गर्दै लैजानुपर्नेमा जोड दिइन् ।
‘कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो महŒव राख्दछ’, उनले भनिन्, ‘यो कार्यमा लाग्न प्रेरणा मिलेको छ ।’ गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी स्थानीय तहले कृषिका क्षेत्रमा निकै ठूलो काम गरेको बताए । ‘अहिले कृषिका योजना दोहारिने सम्भावना बढेको छ । कृषिका योजना वास्तविक किसानसम्म पु¥याउन निकै कठिन छ’ उनले भने ‘सबै लागेर किसानको हित गर्न र कृषि क्षेत्रको प्रवद्र्धनमा लाग्न जरुरी छ ।’
यो कार्यक्रमले किसान र कृषि प्रदायकसँगको समन्वयलाई प्रभावकारी बनाउँदै अघि बढ्न प्रेरणा मिलेको बताए । त्यस्तै, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा कृषि क्षेत्रमा राजनीति गर्दा नाम मात्रका किसानले लाभ पाउने गरेको बताए ।
‘कृषि क्षेत्रमा राजनीति गर्न हुँदैन्, व्यावसायिक कृषिको परिकल्पना गर्न जरुरी छ’ उनले भने, ‘यहाँको कृषि वस्तुलाई निर्यात गरेर आयआर्जनका क्रियाकलापमा सघाउ पु¥याउने माध्यमका रूपमा विकसित गर्नुपर्छ । त्यस्तै, कृषि ज्ञान केन्द्रका निमित प्रमुख बालक राम देवकोटाले दरबन्दी अनुसारका कर्माचारी नहुँदा कृषि ज्ञानकेन्द्रको काम प्रभावकारी हुन नसकेको बताए । उनले १५ जना कर्मचारी आवश्यक भए पनि चार चार वटा कोटा खाली रहँदा काम गर्न कठिनाइ भएको उनको भनाइ छ ।
उनले आगामी दिनमा कृषि ज्ञानकेन्द्रका सेवा चुस्तदुस्त बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । पुरस्कार पाउँदा किसानले खुशी व्यक्त गरेका थिए । मुख्यमन्त्री उत्कृष्ट पुरस्कार पाउने किसानलाई प्रतिव्यक्ति २५/२५ हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ भने कृषक समूहलाई ३५ हजार रूपैयाँ र सहकारीलाई ५० हजार रूपैयाँ र प्रमाणपत्रले प्रदान गरिएको छ । जिल्लाबाट मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले सम्मानित किसानबीच प्रदेशस्तरमा मूल्यांकन हुने आयोजक कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।
साझा बिसौनी संवाददाता ।