कतार हार्दा नेपाललाई फाइदा 

सिंगापुरमा जारी आईसीसी टी-२० एसिया विश्वकप छनोटमा   कुवेतसँग कतार पराजित हुँदा नेपाललाई फाइदा भएको छ । शुक्रबारको पहिलो खेलमा कुवेतले कतारलाइ १० रनरले पराजित गरेको छ । यो सँगै नेपालको अघिल्लो चरण पुग्ने सम्भावना थप सहज भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो ।

१ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन मात्र बनाउन सक्यो ।

यो सँगै अघिल्लो चरण समिकरण थप रोचक बनेको छ । ३ खेलमा २ मा हार र १ मा जितका साथ पुछारमा रहेको कतारको अघिल्लो चरण प्रवेशको सम्भावना लगभग समाप्त भएको छ ।

त्यस्तै सिंगापुर २ खेलमा १ मा जितका साथ ३ अंक जोड्दै शीर्षस्थानमा छ । कुवते ३ खेलमा समान १ मा हार र १ मा जितका साथ दोस्रो स्थानमा रहेको छ । मलेसिया २ खेलमा समान १ मा हार र जितका साथ तेस्रो स्थानमा छ । नेपाल पनि २ खेलमा समान १ खेलमा जित र एकमा हारका साथ चौथो स्थानमा छ ।

आजको अर्को खेलमा मलेसिया र सिंगापुर भिड्दै छन् । यस खेलमा सिंगापुर विजयी भए र नेपालले बाँकी दुबै खेल जिते सहजै अघिल्लो चरणमा प्रवेश गर्ने छ । नेपालले शनिवार कुवेत र आईतबार सिंगापुरसँग खेल्ने छ ।

प्रकाशित मितिः   १० श्रावण २०७६, शुक्रबार १३:०८