जिल्ला इञ्चार्ज र सह–इन्चार्ज छनौट

सुर्खेत, ५ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् । आइतवार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सह–इन्चार्जहरू तोकेको हो ।

सुर्खेतको जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य नरबहादुर विष्टले पाएका छन् भने सह–इन्चार्जको जिम्मेवारी अर्का केन्द्रीय सदस्य झकबहादुर मल्ललाई दिइएको छ ।

त्यसैगरी दैलेखको इन्चार्जमा लक्ष्मीप्रसाद पोखरेल र सह–इन्चार्जमा राजबहादुर बुढा चयन भएका छन् । जाजरकोटमा भैरवसुन्दर श्रेष्ठ इन्चार्ज हुँदा गोविन्दविक्रम शाह, निरज आचार्य र रामदिप आचार्यलाई सह–इन्चार्ज बनाइएको छ । कालिकोटमा महेन्द्रबहादुर शाही, हुम्लामा विजय भण्डारी र डोल्पामा हंशबहादुर शाहीलाई इन्चार्ज तोकिएको छ भने यी तीन वटै जिल्लामा सहइन्चार्ज तोकिएको छैन ।

यस्तै जुम्लामा गजेन्द्रबहादुर महतलाई इन्चार्ज र नरेश भण्डारीलाई सह–इन्चार्जको जिम्मेवारी दिँदा मुगुमा मोहन बानियाँ इन्चार्ज र चन्द्रबहादुर शाही सह–इन्चार्ज भएका छन् । सल्यानमा टेकबहादुर बस्नेत इन्चार्ज र गुलावजंग शाह सह–इन्चार्ज छन् भने रुकुम पश्चिममा राजकुमार शर्मा इन्चार्ज तोकिँदा बसन्तकुमार शर्मा र शेरबहादुर केसीलाई सह–इन्चार्ज तोकिएको छ ।

 

प्रकाशित मितिः   ६ श्रावण २०७६, सोमबार १२:४५