व्यवसायीद्वारा ढुवानी बहिष्कार

सुर्खेत, नेपाल सरकारले लागू गरेको भीसीटीएस प्रणालीको विरोधमा सुर्खेतमा ढुवानी सेवा बहिष्कार गरिने भएको छ । शनिवार मध्यपश्चिमाञ्चल ट्रक तथा टे«क्टर व्यवसायी संघ सुर्खेत लगायतका विभिन्न ढुवानी व्यवसायीहरूको संयुक्त रूपमा बसेको बैठकले उक्त निर्णय गरेको महा–सचिव चेतनकुमार थानीले जानकारी दिए ।

सुर्खेतस्थित सम्पूर्ण मालबाहक यातायात व्यवसायी संघ र ट्रान्सपोर्ट व्यवसायिहरूले आ–आफ्नो घरमा वा ग्यारेजमा मालबाहक सवारी साधन थन्काएर विरोध जनाइने उनले जानकारी दिए । सरकारले गरेको निर्णय नसच्याएसम्म आन्दोलनका कार्यक्रम गरीरहने महासचिव थानीले बताए ।

प्रकाशित मितिः   ५ श्रावण २०७६, आईतवार ०८:४१