एमयूको सिनेट आज

सुर्खेत, मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सुर्खेतको काठमाडौंमा बसेको प्राज्ञिक परिषद्को बैठकले चौकुने कृषि क्याम्पस र गुराँस क्याम्पस दैलेखलाई प्राविधिक कृषि क्याम्पसको रूपमा स्वीकृती दिने भएको छ । शनिवार काठमाडौंमा बसेको बैठकले उक्त स्वीकृती दिने निर्णय गरेको हो ।

यसका साथै बैठकमा प्राज्ञिक पाठ्यक्रमदेखि नयाँ शैक्षिक कार्यक्रमका विषयमा समेत छलफल भएको थियो ।

यसैबीच विश्वविद्यालय सभा (सिनेट) आज (आइतवार) बालुवाटारमा बस्दैछ । विश्व–विद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिनेट बस्न लागेको विश्व–विद्यालयका उप–प्रध्यापक विष्णुकुमार खड्काले जानकारी दिए । सिनेटमा विशेष गरी शैक्षिक बजेटको विषयमा छलफल हुने एजेण्डा रहेको छ । नियामावलीको संशोधन लगायतका अन्य एजेण्डामा समेत छलफल हुने उप–प्रध्यापक खड्काले जानकारी दिए ।

प्रकाशित मितिः   ५ श्रावण २०७६, आईतवार ०८:३८