अपाङ्गता भएकालाई सहयोग
सुर्खेत, दृष्टिविहीन हेरविचार केन्द्र सुर्खेतले अपाङ्गता भएका नागरिकहरूका लागि कुर्ची सहयोग गरेको छ । पूर्वी सुर्खेतको राकम सिम्तामा रहेको बागेश्वरी माध्यमिक विद्यालयमा रहेका अपाङ्गता भएका नागरिकहरूका लागि १५ थान प्लाष्टिक कुर्सी हस्तान्तरण गरिएको छ ।
विद्यालयमा रहेको अपाङ्गता छात्रवासको भोजनगृहको लागि १५ थान कुर्सी हस्तान्तरण गरिएको दृष्टिविहीन हेरविचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले जानकारी दिए । १५ थान कुर्सी केन्द्रलाई टोपु गरञ्जा मगरले उपलब्ध गराएका थिए ।
सहयोगदाता टोपु गरञ्जामगर र अमृता गरञ्जामगरबाट कुर्सी ग्रहण गर्दै वडा अध्यक्ष राजेन्द्रकुमार सिंह र सहायक प्रधानाध्यापक वकिल बस्नेतले अपाङ्गता छात्रावासलाई सहयोग गरेकोमा केन्द्र र सहयोगीदातालाई धन्यवाद व्यक्त गरे ।
साझा बिसौनी संवाददाता ।