यात्रा संमरण

बाँके–बर्दिया घुम्दा

(गत अंकको बाँकी)
बिहान चार बजे ब्युझिएँ । यो सहरमा चार बजेदेखि नै मस्जिदमा ‘अल्ला हो अकबर..’ ठूलोठूलो स्वरमा माइकबाट बाचन गरेको आवाज आइरहेको थियो । हुन त यो सहर बहुधार्मिक सहर हो । अरु मठ मन्दिर, गुरुद्धार, बौद्ध गुम्बा, चर्चहरूभित्र नै आस्थावानहरूले सुनिने गरी महŒवपूर्ण स्लोक पढिन्छन् सुनाइन्छन् । मस्जिदहरूमा पनि त्यसरी सुनाएको भए अरुको मानवअधिकार हनन् हुँदैन्थ्यो भन्ने यो बिहानको कोलाहलले मेरो मनमा कुरा उठिरहेका थिए ।

विकशित मुलुकहरूमा यस्ता क्रिया अन्त्य भइसकेका छन् । यस्तै हाम्रो जस्ता अल्पविकसित मुलुकहरूमा ठूलोस्वरले सहर गाउँ सुनाउने गरिन्छ । आज चैते दशैंको रामनवमी भएकोले हिन्दु वाहुल्य यो सहर बिहानदेखि नै बढी चहलपहल हुन थालेको थियो । हिन्दु आस्थावानहरू बागेश्वरी मन्दिर जान थालेका मानिसहरू बाक्लै सडकमा देखिएका थिए । मेरा छोरी नातिनी श्रीमती पनि स्नान गरी मन्दिर जान पाँच बजे तयार भए । हुन त म कुनै धर्मको भिरु त होइन । धर्ममा भएका राम्रा पक्ष ग्रहण गर्दै धार्मिक स्थलहरूको परिभ्रमण गर्दै आएको छु । आज पनि उनिहरूसँग पैदल बागेस्वरी मन्दिर पुगें ।

मूल मन्दिर देविको दर्शन गर्न लामो लाइनमा महिला पुरुषहरू लागेका थिए । धार्मिक स्लोक पाठ, टिका लगाउने लाइनदेखि घण्ट शंख बजिरहेका थिए । कुलघरानका महिलाहरू ब्याण्डबाजा सहित औकात देखाइरहेका थिए । मन्दिरले भने सबैलाई समान स्वागत गरेको अनुभूति गरी रहेको थिएँ । मैले पनि मूल बागेस्वरी देवीलाई मन्दिर बाहिरबाट दर्शन टœयाएँ । मन्दिरको गेटमा टिका लगाउने दक्षिणा लिने पण्डितबाट छोरीहरूले कार्य सम्पन्न गरे । यो रामनवमी पर्वमा हिन्दुहरूले विवाह गर्ने भएकाले त्यो दिन पनि विवाह जोडीहरू विवाह मण्डपमा विवाह बन्धन बाँधिरहेका थिए । बरु यो विवाह क्रिसियनले जस्तै मन्दिरमा विवाह बन्धनमा बाधिएर यहाँको विवाह कागज लिएर स्थानीय निकायमा दर्ता गर्ने प्रबन्ध मिलाएर वैधानिकता प्राप्त गर्ने विधि बनाउने सके विवाह खर्चालु हुने थिएन भनि छोरी श्रीमतीसँग कुरा गरेको थिएँ ।

मन्दिर नजिकै देवी नाममा भाकल गरी ल्याएका बाख्रा पाठापाठी सशस्त्र प्रहरी जवान खुडाले बली छिनाली रहेका थिए । रगतको रातो खाल परेको थियो । देवीको नाममा बलीदिने प्रथा युगौंदेखि चल्दै आए पनि देवी उपस्थित भएर खाएको देखिंदैन । मानवीय आत्माले निरोगी भइ लामो आयु बाँच्ने कार्य सफलताको लागि वरदान माग्ने पुरा भएको अनुभूति गरेर बली दिने प्रथा मनावैज्ञानिक असर हो जस्तो लाग्छ मलाई । हुन त कुनै समय मानव बली प्रथा पनि थियो रे संसारमा । भारत नेपालका कैयौं मन्दिर मस्जिदहरूमा महिला दलित प्रवेश बर्जित छ । अब यस्ता प्रथालाई सबैले मनोवैज्ञानिक असर प्राप्त गर्नसके आस्थाको धरोहर बनाउन मानवीय विकाससँगै बली प्रथा अन्त्य सबैको लागि मन्दिर मस्जिद प्रवेश लिँदा सबैको आस्थाको धरोहर हुने थियो भन्ने त्यहा“को दृश्य हेरेर खेलाउन पुगेको थिए ।

त्यसपछि हामी सबै बागेस्वरी तलाउमा रहेको शिव जीको दर्शन गरी तलाउमा बोट खेल्न गएका थियौं । बोटमा तैरिदा मोबाइलमा तस्विर कैद गर्न पुगेकी थिइन् छोरीहरूले । त्यसपछि छोरी नातिनी श्रीमती छोरीको घरतिर लागे । म भने सहिद सेतु विक चोक पुगी उनको शालिकमा फूल चढाएँ । त्यहि नजिकै रहेको बौद्ध गुम्बाको दर्शन पनि गरें ।

नेपालगन्ज बजार दशैं रामनवमी पर्वमा पूरै बन्द थियो । यातायातका साधनहरू प्नि फाट्टफुट्ट चलेका थिए । म भने बिहानको शितलतासँगै नेपालगन्जको चहल–पहल अवलोकन गर्दै वि.पी चोक पुगी त्यही नजिक रहेको गुरुद्वाराभित्र गएँ । आज त्यहा वैसाखी शुरु भएको उपलक्षमा लङघर लागी खाना बनाउने तयारी भइरहेको थियो । गुरुद्दारा बिचको तलमा प्राथना कार्यक्रम भइहेको थियो । म पनि त्यो स्थानमा पुगी प्राथना सभामा सामेल भएँ ।

इच्छा दान बाकसमा आ–आफ्नो गच्छे इच्छा अनुसार दान खसाली रहेका थिए । खाना बनाउन शिख समुदायका महिला पुरुष स्वतःस्फूर्त रूपमा लागिरहनु भएको थियो । गाउँ सहरबाट बालवुद्ध युवा महिला पुरुष शिख समुदाय आइरहेका थिए । मूल प्राथाना सकिएपछि तल्लो तलाको भुइँमा लामो चकटी बिछ्याएर महिला पुरुष अलगअलग बसी खाने व्यवस्था गरीएको थियो । मैले पनि त्यही बसी विहानको साकाहारी खाना खाएको थिएँ । त्यहा प्रत्येक शनिवार लंघरमा निःशुल्क खाना पाइन्छ । हप्तामा तीन दिन बास बस्न खाना पाहुनालाई निःशुल्क पाउने व्यवस्था छ, आउनु होला भनि जानकारी गराइएको थियो । गुरुद्वारामा राम्रो व्यवस्था गरेको रहेछ । लंघरमा कोही पनि सेवा गर्न अग्रसर भएर सेवामा लाग्ने राम्रो रहेछ । म यात्रामा हिँडिरहन्छु कहिले यही आएर बास बसुला भनि सोचें । बरु प्राथनाको स्लोकहरू पंजावी भाषामा नभएर नेपालीमा भए बुझ्न र ग्रहण गर्न सजिलो हुने थियो भन्ने शोच्दै छोरी सोमती घर कृष्णटोल पुगेको थिए ।
(बाँकी अर्को साता)

प्रकाशित मितिः   ४ श्रावण २०७६, शनिबार ०८:२३