लोकसेवा र प्रशासन घेराउ

सुर्खेत, २ साउन ।
लोकसेवा आयोगको विज्ञापनमा आरक्षण लागू नभएको विरोधमा आन्दोलन गर्दै आएको नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा बिहीवार सुर्खेतस्थित लोकसेवा आयोग र जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ ।
कार्यालय घेराउ सँगसँगै लोकसेवा र प्रशासनमा ज्ञापनपत्र समेत बुझाइएको महासंघ सुर्खेतका सचिव अशोक राजीले बताए । उनले बृहत ¥यालीसहित गएको टोलीले केहि बेर जिल्ला प्रशासन कार्यालय र लोकसेवा आयोगको कार्यालय घेराउ गरेको बताए । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज (शुक्रवार) समेत सुर्खेतमा बृहत् जनप्रदर्शनको कार्यक्रम गरिने राजीले जानकारी दिए ।
अपाङ्गता भएका, जनजाति, दलित लगायतका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने भन्दै महासंघले चरणवद्ध रूपमा देशव्यापी अन्दोलन गरिरहेका छ । यसअघि पनि जुलुससहितका कार्यक्रम गरिएको थियो ।

प्रकाशित मितिः   ३ श्रावण २०७६, शुक्रबार १२:१७