गाईफार्मका लागि काउम्याट वितरण
वीरेन्द्रनगर नगरपालिकाले गाईपालक कृषकहरूलाई काउम्याट वितरण गरेको छ । वीरेन्द्रनगरमा पशुपालन व्यवसाय गर्दै आएका १० जना कृषकलाई वितरण गरिएको हो । सुर्खेतमा पहिलो पटक गाईलाई ओछ्याउनका लागि म्याट वितरण गरिएको जनाइएको छ ।
नगरपालिका अन्तर्गतको पशु शाखाले व्यवसायिक गाईपालन गर्दै आएका कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यले वितरण गरेको जनाएको छ । म्याट ओछ्एपछि गाईवस्तुलाई आराम हुने, बिरामी कमहुने र १० प्रतिशत दुध उत्पादन बढ्ने भएकाले म्याट आवश्यक रहेको पशु शाखा प्रमुख नारायण न्यौपाने जानकारी दिए । ‘गाईलाई आरामदायी र कम रोग लाग्ने सम्भावना भएकाले काउम्याट उपयुक्त हुन्छ । चितवन लगायतका जिल्लामा हामीले देखेपछि यहाँ पनि सुरु गरेका हौं’ उनले भने, ‘काउम्याटमा बस्न पाएपछि गाईले १० प्रतिशतसम्म दुध उत्पादन पनि वृद्धि गर्छ ।’ उनले यो कार्यक्रममा वीरेन्द्रनगरका अन्य पशुपालक कृषकहरूसँग पनि विस्तार गरिने जानकारी दिए ।
प्रकाशित मितिः २ श्रावण २०७६, बिहीबार ०८:२१
साझा बिसौनी संवाददाता ।