बलात्कारका मुद्दा धेरै

सुर्खेत, ३१ असार ।

उच्च अदालत सुर्खेतमा बलात्कारका उजुरी धेरै आउने गरेको पाइएको छ । अदालतमा दर्ता भएका उजुरीको तथ्यांक अनुसार पछिल्लो समय बलात्कार सम्बन्धीका उजुरी बढी परेका छन् ।

अदालतका मुख्य न्यायाधीश रमेश पोख्रेलका अनुसार यो आर्थीक वर्षमा मात्रै एक सय १७  वटा जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगका मुद्दा उच्च अदालत सुर्खेतमा दर्ता भएका छन्  । जसमध्ये एक सय चार वटा मुद्दाको फैसला भएको छ । यो वर्ष दर्ता भएका सबै मुद्दामध्ये सबैभन्दा धेरै जबरजस्ती करणीका भएको न्यायाधीश पोख्रेलले बताए । लागूऔषध, बहुविवाह, ज्यानमार्ने उद्योग लगाएतका मुद्दा उच्च अदालतमा आउने गरेका छन् ।

घरायसी व्यक्तिवादी मुद्दा अत्यन्त कम आउने गरेका छन् । उनले भने ‘सरकारवादी मुद्दा अत्याधिक बढी आउने गरेका छन् ।’ अघिल्ला वर्षहरूभन्दा यो वर्ष मुद्दा पुनरावेदनको संख्या केही बढेको समेत उनले जनाए । आर्थिक वर्ष २०७३÷०७४ मा जम्मा दर्ता भएका चार सय ८५ मुद्दामध्ये तीन सय ८८ मुद्दा फछ्र्यौट भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा चार सय ४२ दर्ता भएका थिए । जसमध्ये तीन सय ७८ मुद्दा फछ्र्यौट भएको उच्च अदालत सुर्खेतले जानकारी दिएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सबै भन्दा धेरै पाँच सय ७७ मुद्दा दर्ता भएका छन् । तीमध्ये चार सय ८९ मुद्दा फछ्र्यौट भएका छन् भने ८८ मुद्दा बाँकी रहेका छन् ।

कर्णाली प्रदेशमा जिल्लाले फैसला गरेका मुद्दाहरूमा पुनरावेदन गर्ने प्रचलन कम भएको समेत मुख्य न्यायाधीश पोख्रेलले बताएका छन् । उनले जिल्लाको फैशला चित्त नबुझेमा पुनरावेदन गर्नुपर्छ भन्ने चेतना नभएका कारण पनि यसो भएको उनले बताए ।

प्रकाशित मितिः   १ श्रावण २०७६, बुधबार १०:१३