विश्वकपको उत्कृष्ट-११ सार्वजनिक, कोहोली परेनन्

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले इंग्ल्याण्डमा सम्पन्न १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको छ ।

आईसीसीले सोमबार न्युजिल्याण्डका कप्तान समेत रहेका केन विलियम्सनको कप्तानीमा ‘टिम अफ दि टुर्नामेन्ट’ सार्वजनिक गरेको हो ।

टिममा इंग्ल्याण्डका सर्वाधिक ४, न्युजिल्याण्ड,अष्ट्रेलिया र भारतको २/२ खेलाडी परेका छन् । बंगलादेशका एक खेलाडी परेका छन् ।

टिममा कप्तान विलियम्सनसँगै जोसन रोय, रोहित शर्मा, रोय रुट, शकिब अल हसन, बेन स्टोक्स, एलेक्स केरी (विकेटकिपर), मिचेल स्टार्क, जोफ्रा आर्चर, लक्की फर्गुसन, जस्प्रित बुम्राह रहेका छन् । टिमको १२ औं खेलाडीमा ट्रेण्ट बोल्ड रहेका छन् ।

आईसीसीले बनाएको पाँच सदस्यीय कमिटिले टिम घोषणा गरेको हो । टिममा कमेन्टेटर इयान बिसप, इयान स्मिथ, इशा गुह, आईसीसीका प्रतिनिधि जियफ अल्लाडाइस र पत्रकार लरेन्स बुथ रहेका थिए ।

प्रकाशित मितिः   ३० असार २०७६, सोमबार २०:५५