काँक्रेविहारमा अब घोडा सफारी

अबदेखि घोडा चढेर काँक्रेविहारको परिक्रमा गर्न पाइने भएको छ ।

कर्णाली प्रदेशको राजधानीमा वीरेन्द्रनगर सुर्खेतमा रहेको नेपालकै पहिलो संरक्षित वन काँक्रेविहारको अवलोकन गर्न घोडा चढेर घुम्न पाइने भएको हो ।

वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयले सोमवारदेखि  घोडाबाट काँक्रेविहार घुम्न सकिने व्यवस्थाको शुरुवात गरेको हो ।

घोडा सवार कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता विद्याभूषण मानन्धरले वडाको यो कार्य स्रहानिय काम भएको उल्लेख गर्दै  काँक्रेविहारमा पर्यटकको आगमन बढाउन सहयोग पुग्ने बताए । साथै उनले स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर  काँक्रेविहारलाइ विश्व सम्पदा सूचीमा राख्न पहल थाल्नुपर्नेमा समेत जोड दिए ।

वडाको घोडा सवार कार्यक्रम पर्यटकहरुकालागि आकर्षणको केन्द्र भएको बताउँदै घोडा व्यवस्थापन समितिलाई पर्यटकहरुको सेवामा ईमान्दारिता पूर्वक काम गर्न उनले सुझाव दिए ।

कार्यक्रममा ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले ऐतिहासिक संरक्षित वन काँक्रेविहारमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षित गर्न घोडा सवार कार्यक्रमको शुभारम्भ गरेको बताए । उनले भनेऽ “अहिले २ वटा घोडाले काँक्रेविहारको विभिन्न स्थानमा स-शुल्क घुम्ने व्यवस्था मिलाइएको छ आवश्यकता अनुसार व्यवस्थपन समितिले घोडा थप गर्ने छ ।’

अहिले आउने पर्यटकहरुले केवल काँक्रेविहारको भग्नावशेष मात्र हेर्ने गरेकोकोमा अब घोडामार्फत जंगल सफारी पनि गर्न सकिने छ । घोडा सवार कार्यक्रमले यूवाहरुलाइ रोजगारी पनि हुने र पर्यटकहरुलाई काँक्रेविहार घुम्न सहज पनि हुने  वडा अध्यक्ष मानन्धरले बताए ।

 

प्रकाशित मितिः   ३० असार २०७६, सोमबार २०:२०