बाढी-पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो

अविरल वर्षाको कारण देशभर अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन्।

बाढी, पहिरो र डुबानमा परी हालसम्म ३० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १८ पुरुष र १२ महिला रहेको प्रहरीले जानकारी दिएको छ

यस्तै, ३८ जना घाइते भएका छन्। तीमध्ये २१ पुरुष र १७ महिला रहेका छन्। देशभरबाट एक हजार ४ सय ४६ जनाको उद्धार गरिएको छ।

प्रकाशित मितिः   ३० असार २०७६, सोमबार १०:२९