सुचनाको हक कार्यान्वयन गर्न सुझाव
सुचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जोड दिइएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा सहभागि पत्रकारहरुले सुचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैले जोड दिनुपर्ने बताएका हुन ।
कार्यक्रममा सहभागिहरुले सार्वजनिक निकायबाट सुचना पाउने अधिकार पत्रकारहरुको मात्र नभएर आम नागरिकको भएकाले यसको प्रभावकारी कार्यान्वयनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले पत्रकारितामा विश्वसनियता अभिवृद्धि गर्नका लागि सुचनाको हक प्रयोग गर्नुपर्ने बताए । साथै उनले पत्रकारका लागि मात्र नभर आम नागरिकका लागि पनि सुचनाको हक छ भनेर बुझन आवश्यक रहको उल्लेख गरे । ‘सुचनाको हक पत्रकारका लागि मात्र होइन, आम नागरिकका लागि पनि हो’ उनले भने, ‘हरेक नागरिकले आफुले राज्यलाई तिरेको करको हिसाबकिताब माग्न पनि सुचनाको हकको कार्यान्वयन गर्नुपर्छ ।’ लोकतन्त्रलाई पादरर्शी र मजबुत गराउन पनि सुचनाको हक महत्वपूर्ण रहेको उनको भनाई छ ।
यस्तै महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकाारिता पेशालाई विश्वसनिय बनाउन सुचनाको हकको प्रयोग र अभ्यास गर्न जरुरी रहेको बताए । कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीलगायत सुर्खेतमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ३० असार २०७६, सोमबार ०२:०१
साझा बिसौनी ।