साउथ एसियन स्कलार्स एकेडेमी सम्मानीत

सुर्खेतको साउथ एसियन स्कलार्स एकेडेमी स्कुल कर्णाली प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको छ । नागरिक एकता समाज काठमाडौंले देशभरका उत्कृष्ट माध्यमिक विद्यालयहरु छनौट गरी सम्मान गरेको छ । जसमा कर्णाली प्रदेशबाट साउथ एसियन स्कलार्स एकेडेमी परेको हो ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै अनुशाशित जनशक्ति उत्पादनमा विद्यालयले उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।

पिजी कक्षादेखि प्रविणता प्रमाणपत्रतहसम्म अध्ययन गराउँदै आएको साउथ एसियनले एसइइ तथा दश जोड दुईतर्फ उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । आर्थिक रुपमा विपन्न, दलित, अपांगता भएका तथा पिछडिएको क्षेत्रका बालबालिकालाई विशेष छात्रवृत्तिसहित शिक्षा दिदै आएको साउथ एसियन प्रदेशकै उत्कृष्ट माविको रुपमा छनौट भइ सम्मानीत भएको विद्यालयका कार्यकारी प्रमुख छत्र बडुवालले बताए ।

सम्मानीत हुँदा थप हौसला मिलेको भन्दै उनले आगामी दिनमा समय सुहाउँदो र आधुनिक शिक्षा पद्धतिमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा थप क्रियाशिल रहने उनले बताए ।

प्रकाशित मितिः   ३० असार २०७६, सोमबार ०१:५१