भानु जयन्तीमा कविता वाचन

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सुर्खेतमा कविता वाचन कार्यक्रम गरिएको छ ।

२०६ औं भानु जयन्तीको अवसर पारेर हिमाली पुस्तकालयले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा साहित्यकार महेन्द्र चौलागाईंले ‘आदीकवि भानुभक्त, प्रवृत्ति र प्रभाव’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सोही अवसरमा सुर्खेतका करिब आधा दर्जन कविले आफ्ना कविता वाचन गरेका थिए ।

हिमाली पुस्तकालयका उपाध्यक्ष किरणकिशोर सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रम पुस्तकालयका अध्यक्ष तुलाराम तिवारीको अध्यक्षता र प्रदेश अस्पताल सञ्चालक समितिका अध्यक्ष श्याम कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ३० असार २०७६, सोमबार ०१:४४