बाढीपहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४८ जनाले ज्यान गुमाएका छन् । मृतकमा २१ महिला र २७ पुरुष छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार ३५ जना बेपत्ता छन् । डोल्पामा मात्रै १० जना बेपत्ता भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले जानकारी दिए । सिन्धुली ६, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ ।

महोत्तरीमा ५००, रौतहटमा २००, सिन्धुलीमा ७०, काठमाडौँमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिरहामा दुई तथा खोटाङ, भक्तपुर, सुनसरी र मकवानपुरमा एक–एक जनाको उद्धार गरिएको छ ।

बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   २९ असार २०७६, आईतवार १३:०८