कर्म नै कृषि
लाहुरेको छोरा पनि लाहुरे ।
गाउँमा आहानै चलेको थियो । लाहुरे नै नभए पनि केही न केही जागिरे हुनैपर्ने अलिखित नियम जस्तै बनेको थियो । समाजका अगुवा र आफ्नै संगाती साथीहरू पनि त्यसै भन्थे । भारतीय सेनामा जागिरे बाबुका छोरा इमानसिंह बस्नेतलाई पनि भविष्यमा के बन्ने भन्ने चिन्ताले सताउँथ्यो । बुबाले जस्तै सेनामा नभए पनि सरकारी जागिर उनको रोजाइमा थियो । वीरेन्द्रनगर–११ चौखेढुङ्गा सुर्खेतमा बस्दै आएका उनलाई कम्तीमा पनि निजामती कर्मचारी त बन्नैपर्छ भन्ने लाग्थ्यो ।
वि.सं. २०३४ साल वैशाख २९ गते बुबा लोकबहादुर बस्नेत र आमा लक्ष्मी बस्नेतको कोखबाट घरको जेठो छोराको रूपमा जन्मिएका ईमानसिं निजामती जागिरकै लागि अध्ययन गर्न थाले । पुख्र्यौली जग्गा प्रशस्त भएकोले उनको परिवारले खेतीपाती गर्दै आएको थियो । फुर्सदको समयमा इमानसिंहलाई पनि खेतीपातीतर्फ ध्यान दिनुपथ्र्यो ।
पढाइमा आईए उत्तीर्ण गरेका उनले केही वर्ष लोकसेवा आयोगको तयारीसमेत गरे, तर असफल भए । सानदेखि देखेको सपना अधुरो भएपछि विचलित बनेका उनी रोजगारको लागि काठमाडांैसम्म पुगे । होटेलमा केही वर्ष वयटरको काम उनले गरे । मासिक रूपमा करिब ३० हजारसम्मको तलबको लागि उनलाई दिनमा १२ घण्टासम्म खटिनुपथ्र्यो । न परिवारँसँगै बस्न पाइने न बिरामी भएको बेलामा समेत सक्दिन भन्न पाइने । त्यो अवस्थामा उनलाई आफ्नो स्वतन्त्रता गुमेको अनुभूति भयो । त्यसपछि उनी आफ्नै घर फर्केर कृषि गर्ने अठोटका साथ वि.सं. २०६४ सालमा सुर्खेत आए ।
सुरुमा उनले ६ कट्टा जमिनमा आलु, काउली, बन्दा, फर्सी लगायतका मिश्रित तरकारी खेती गर्न थाले । यसमा उनलाई आफ्नै बुबाको उत्प्ररेणासमेत थियो । ‘मेरो बुबा भारतीय सेनाबाट अवकाश लिएपछि पनि तरकारी खेती गर्नुहुन्थ्यो’ उनी भन्छन्, ‘बुबाको त्यो काम देख्दा त्यसबाट अप्रत्यक्ष प्रेरणा मलाई मिल्थ्यो ।’
जग्गा आफ्नै थियो । अरुकोमा मजदुर बनेर काम गर्नु पनि नपर्ने र परिवारसँगै बसेर आम्दानी गर्न सकिने । इमानसिंहलाई अरुभन्दा तरकारी खेती गर्नु नै उपयुक्त लाग्यो । त्यसैमा मेहेनत गरे । न कतै कुनै तालिम लिए न तरकारीखेतीबारे औपचारिक ज्ञान । आफ्नै परिश्रम र मेहेनतले उनी सफलताको सिंढी उक्लिन थाले । ‘कुनै पनि तालिम नलिएरै सुरु गरेको तरकारी खेतीको मेहेनतले मलाई अभैm थप प्रेरणा मिल्यो’ उनी भन्छन् ।
पहिलो वर्ष ६ कठ्ठा जग्गामा तरकारी खेती सुरु गरेका उनले दोस्रो वर्ष १० कट्टा जमिनमा तरकारी खेती गर्न थाले । केही वर्ष तरकारी खेतीमै केन्द्रित भएका ईमानसिंह पछिल्लो केही वर्षदेखि नै व्यवसायिक च्याऊखेतीतर्फ केन्द्रित भएका छन् । तरकारी खेतीलाई घटाउँदै व्यवसायिक च्याऊखेतीतर्फ उन्मुख भएका छन् । च्याऊखेतीबाटै उनले मनग्य आम्दानी गरिरहेका छन् । ‘मैले च्याऊखेती सम्बन्धी तालिम पनि लिएको थिएन’ उनले थपे, ‘मैले च्याऊ खेतीका लागि अनुभवी व्यक्तिहरूलाई रोजगारी दिएर भए पनि व्यवसाय सञ्चालन गरें । अहिले वार्षिक ११ लाख रूपैयाँको च्याऊको कारोबारो गर्दै आएको छु ।’ कृषिसँगको उनको संघर्ष १२ वर्षको भयो । दुर्गा पशु कृषि तथा च्याऊ खेती उद्योगसमेत दर्ता गरी उनले व्यवसायिक कृषि गर्दै आएका छन् । हाल ईमानसिंह बस्नेतले चार हजार डल्लामा च्याऊ खेती गर्दै आएका छन् ।
च्याऊ मात्रै होइन उनले तरकारी खेती र भैंसी पालनसमेत गर्दै आएका छन् । उनका अनुसार गत वर्ष ७० क्वीण्टल च्याऊ उत्पादन गर्ने लक्ष्य ईमानसिंहको थियो । तर यो वर्ष ५५ क्वीण्टल मात्रै च्याऊ उत्पादन भएको छ । त्यसबाट प्रतिकिलो दुई सय रूपैयाँको दरले ११ लाख रूपैयाँ हुन्छ । अझै आगामी वर्षहरूमा च्याऊ उत्पादनलाई बढाउने बस्नेतको लक्ष्य रहेको छ । स्वदेशमै पसिना बगाउन सके पैसा कमाउनकै लागि विदेश जान नपर्ने ईमानसिंको अनुभव छ । उनले वर्षमा दुई लाख रूपैयाँ त भैंसीको दुध र अन्य तरकारी बेचेरै कमाउँछन् ।
वर्षभरी च्याऊ, तरकारी र भैंसीको दुधबाट करिब १३ लाखको आम्दानी गर्न सफल ईमानसिं बस्नेतले सरकारले दिने गरेको अनुदानको खासै अनुभव गर्न पाएका छैनन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको ६५ हजार, युवा लक्षित कार्यक्रमको ४० हजार र कृषि निर्देशनालय सुर्खेतबाट ५० हजारको पराल बफाउने भाडा बाहेकको अन्य अनुदान उनले पाएका छैनन् । मासिक रूपमा एक जना र च्याऊको सिजनको समयमा दिनमा १५ जनालाई ईमानसिंहले ज्यालामा रोजगारी दिने गरेका छन् । पाँच जनाको परिवारलाई जिविकोपार्जनमा आवश्यक खर्च कटाएर वार्षिक पाँच लाख बचत गर्नसमेत सफल भएको ईमानसिंले बताए । ‘वैदेशिक रोजगारमा जानेहरूले मासिक रूपमा पचास हजार कमाउन सक्दैनन्’ उनले भने, ‘मैले घर परिवारसँगै बसेर मासिक ४५ हजार त बचत मात्रै गर्ने गरेको छु ।’
इमानसिंह नेपालमा प्रशस्त सम्भावना देख्छन् । तर कामको सही मूल्यांकन र सम्मान नहुनाले युवाहरू रोजगारीको खोजीमा विदेशीने गरेको उनको अनुभव छ । ‘नेपालमा कामको मूल्यांकन हुँदैन यसमा समेत सरकारको ध्यान जानुपर्छ’ उनले भने ।
कृषि पेसालाई सामान्य पेसाको रूपमा लिने गरिन्छ । पढ्न छोडेका वा नपढेकाहरूले मात्र कृषि गर्नुपर्छ भन्ने गलत सोचेको विकास भएको बस्नेत बताउँछन् । जसले गर्दा कृषिमा मुलुकले अपेक्षाकृत सफलता पाउन सकेको छैन भने युवाहरू बेरोजगार भइ विदेशिएका छन् । पढेलेखेका युवाहरूलाईसमेत कृषि पेसामा संलग्न गराउनको लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ रहेको छ । अनुदानका लागि कृषिमा आकर्षित भएका युवाको समेत तथ्यांक खोजिनुपर्ने बताए । ‘सरकारले वास्तविक व्यवसायिक कृषकलाई चिन्नुपर्छ । कर्णाली प्रदेश सकारले समेत युवा जनशक्तिलाई कृषिमा जोड्न सक्यो भने सरकारले ल्याएको समृद्ध कर्णाली, सुखारी कर्णालीबासी नारा सफल हुनसक्छ’ बस्नेतले भने ।
प्रकाशित मितिः २९ असार २०७६, आईतवार १३:२०
सीता वली ।