क्रान्तिकारीमा महत

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ असार ।
अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय समिति अन्तर्गतको इन्जिनियरिङ्ग क्याम्पस कमिटी गठन गरिएको छ । जसको अध्यक्षमा सुरेन्द्र महत, उपाध्यक्षमा महेश भण्डारी, पीवी रावल, निलम बुढा, रत्न शर्मा, दिपक रावल, सचिवमा बलराम काफ्ले, रवि भषन, पटेल शितल शाह, सुवाष शाह गोठ, कोषाध्यक्षमा संगीता भट्टराई लगायत ५१ सदस्यीय कमिटी गठन गरिएको छ ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ६ नम्बर प्रदेशका सह–संयोजक तथा मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान स्ववियु सभापति केशबहादुर शाही, नेकपा (माओवादी) का राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य ठम्मर विष्ट, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय सदस्य तथा मप विश्वविद्यालयका संयोजक भीमबहादुर खड्का, मप विश्व–विद्यालयका सचिवालय सदस्य सोनालाल यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा मप विश्वविद्यालय इन्चार्ज राजेन्द्र बुढा, केन्द्रीय सदस्य देवीचन्द्र उपाध्याय, विश्वविद्यालय अध्यक्ष रवि केसी, वाइसीएल नेपालका जिल्ला उपाध्यक्ष पदम वन लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १६ असार २०७३, बिहीबार ०५:४६