क्षमता विकास तालिम सम्पन्न

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ असार ।
कार्यसमिति तथा पदाधिकारीहरूको लागि क्षमता विकास तालिम राष्ट्रिय अपाङ्ग महासंघ सुर्खेत च्याप्टरको आयोजनामा बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
समुदायमा पुनस्र्थापना कार्यक्रमको अवधारणा, प्रस्तावना लेखन, लेखा व्यवस्थापन, स्थानीय निकाय स्रोत परिचालन कार्यविधि, अपाङ्गताको क्षेत्रमा भएका ऐन कानुन, जस्ता विषयमा अभिमुखीकरण गरिएको छ । कार्यक्रममा सुर्खेत जिल्लामा क्रियाशील अपाङ्गताको क्षेत्रमा कार्य गर्न गठित संस्थाका पदाधिकारी सदस्यहरू गरी २० जनाको सहभागिता रहेको थियो ।
तालिममा महिला तथा बालबालिका कार्यालयका प्रमुख जमुना पौडेल, लेखापाल इन्द्र अधिकारी, जिल्ला विकास समितिका उपाध्यक्ष लोमन बुढा, असल शासनका खगेन्द्र सिजापतिहरूले प्रशिक्षण दिएका थिए । क्षमता विकास तालिम जिल्ला विकास समितिको कार्यालय सुर्खेतको सहयोगमा सञ्चालन भएको हो ।
कार्यक्रममा गैसस महासंघ सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकारी र तथा अपाङ्गता महासंघका अध्यक्ष समरबहादुर मल्लको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १६ असार २०७३, बिहीबार ०५:४२