गेलाङ्गको परिवारलाई महासंघको सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, २ असार ।
सडक दुर्घटनामा परी मृत्यु भएका पत्रकार नन्दबहादुर गेलाङ्गको परिवारलाई नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले नगद सहयोग गर्ने भएको छ । महासंघको सोमवार बसेको कार्यसमितिको बैठकले मृतक गेलाङ्गको परिवारलाई नगद एक लाख रूपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी उनको सम्झनामा पत्रकार नन्दबहादुर गेलाङ्ग स्मृति पत्रकारिता पुरस्कारसमेत स्थापना गरिने भएको छ भने उनको परिवारलाई सहयोगार्थ अक्षयकोषसमेत स्थापना गर्ने निर्णय महासंघले गरेको छ ।
त्यसैगरी असार ६ गते नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको प्रांगणमा गेलाङ्गको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्ने, सो दिनसम्म महासंघका अन्य कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने लगायतका निर्णय गरिएको महासंघका सचिव सुदिप पुरीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव गेलाङ्गको केही गत जेठ २९ गते पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा टिप्परको ठक्करबाट मृत्यु भएको थियो ।

प्रकाशित मितिः   ३ असार २०७६, मंगलवार १५:०१