एबीसी र ब्बाइज विजयी

साझा बिसौनी संवाददाता
सुर्खेत, २ असार ।
एबीसी स्पोट्स क्लब र ब्वाइज युनियन क्लबले जिल्ला लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जीत निकाल्दै ६÷६ अंक जोड्न सफल भएका छन् । सोमवार सम्पन्न खेलका दुवै क्लबले जीत हात पारेका हुन् ।
एबीसी स्पोट्स क्लबले सूर्यशक्ति युवा क्लबलाई ११–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत दर्ता गराएको हो । एबीसीको जीतमा खगेन्द्र खत्रीले डबल ह्याट्रिक गरे । उनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएको थिए । त्यसपछि २४ औं र २८ औं मिनेटमा थप दुई गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरेका उनले ३१, ४२ र ४५ औं मिनेटमा थप तीन गोल गर्दै दोस्रो ह्याट्रिक गरे । त्यति मात्र होइन ६० औं मिनेटमा अर्को गोल थप्दै व्यक्तिगत गोल संख्या सात पु¥याएका थिए । त्यसैगरी योगेश विसीले दुई तथा सुमन शाही र भुपेन्द्र शाहीले समान एक÷एक गोल गरे ।
सोमवार नै भएको दोस्रो खेलमा ब्बाइज युनियन क्लबले साथी खोर्के युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिता अन्तर्गत आज (मंगलवार) न्यू स्टार र जयपुर तथा जीअल र जीवनज्योतिबीच प्रतिस्पर्धा हुने आयोजक सुर्खेत जिल्ला फुटबल संघका महा–सचिव गणेशकुमार कार्कीले जानकारी दिए ।

प्रकाशित मितिः   ३ असार २०७६, मंगलवार १५:००